स्त्रीरोग विशेषज्ञ डा. शाहद्वारा रिलिफ फण्डलाई सहयोगको घोषणा

१३ चैत्र २०७६, बिहीबार १७:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड (१९) विरुद्ध देश लडिरहेका बेला दैनिक ज्यालादारी, मजदुरीबाट दैनिकी धान्ने वर्गहरुको एक छाक खाने अबस्था गुम्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको अगुवाईमा गठित कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोग थपिने क्रम जारी छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभाषद कृष्णा केसी नमुनाको सक्रियता गठन गरिएको विपन्न वर्ग कोषमा एचसीआरसी अस्पताल नेपालगञ्जका संस्थापक तथा स्त्रीरोग विशेषज्ञ डा. कुमार सान शाहले पचास हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


डा. शाहले सो रकम सहयोगको घोषणा गर्दै यो विश्व संकटको समयमा हातेमालो गरि सबैले सहयोग गर्न आग्रह समेत गरेका छन् । डा. शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यो रकम दिने घोषणा गरेका हुन् ।

अहिले देशभर लकडाउन, सेल्फ क्वारेन्टाइनको लागि सरकारबाट निर्देशन जारी भएको परिस्थितिको नियन्त्रणको लागि सबै जनता र सरकारको संयुक्त प्रयासको आवश्यकता रहेको डा. शाहले उल्लेख गरेका छन् ।

Next Post

नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा ६२० थान पिपिई सहयोग

१३ चैत्र २०७६, बिहीबार १७:४७
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज उद्योग वाणिज्य संघले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणका बिरुद्ध अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने उद्देश्यले प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । संघले भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको जनाएको छ । संघका अध्यक्ष अब्दुल […]