मानविय सहयोगका लागि कोबिड–१९ रिलिफ फण्ड बाँके स्थापना

  
  प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६       | 289 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन पनि जारी छ । ‘लकडाउन’को भाइरसको संक्रमण फैलिन नदिनको लागि अपनाईएको बिधि हो ।

पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गर्दै स्वःस्फूर्तरुपमा मानविय सहयोग समिति निर्माण गरी आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै सहयोगको अपिल गरेकी हुन । ‘कोभिड–१९ भन्ने भाइरल रोगबाट बिश्वभरि फैलिएको प्रकोपबाट हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुतो रहेनौ । यो प्रकोपबाट स्वास्थ्य क्षेत्र त प्रभाबित छदैछ । यस्ले दैनिक ज्यालादारी,मजदुरी गरि जिबिका धान्ने वर्गहरुको एक छाक खाने अबस्था गुम्ने भएको छ । विशुद्ध मानवताको कर्तब्य बोध भइ बाँके जिल्लामा यो लकडाउनको परिस्थितिमा सृजित अबस्थालाई केहि राहत स्वरुप हाम्रो तर्फबाट प्रयासहरु कोबिड–१९ रिलिफ फण्ड बाँके आजैका मितिवाट शुरू गरेका छौ । यो फण्ड माथि उल्लेख गरेका लक्षित वर्गलाई अति आवस्यकीय खाध्यान जुटाउन खर्च गरिनेछ । यस्को सबै हिसाव किताव सार्वजनिक गरिनेछ । मैले मेरो तर्फवाट रू पचास हजार (५०,०००) आजै जम्मा गरें । आउनुहोस यो विश्व संकटको घडिमा हातेमालो गरि आफु पनि बाचौ, अरुलाइ पनि बचाउ ।’ उनले स्ट्याटसमा उल्लेख गरेकी छन् ।

यस फण्डमा तत्काल भेरी अस्पताल नेपालगञ्जका मेडिकल बिभाग प्रमुख डा. राजना पाण्डेले ५० हजार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग बिशेषज्ञ डा. रोमा बोराले २१ हजार उपलब्ध गराई सकेका छन् ।

सो फण्डमा जोडिनको लागि विभिन्न क्षेत्रमा क्रियाशिल रहेका मनकारी व्यक्तिहरुले साममाजिक सञ्जाल मै आ–आफ्नो प्रतिबद्धता जनाएका छन । फण्डमा जोडिएर सहयोग गर्नेहरुको सामाजिक सञ्जाल तथा सञ्चार माध्यामबाट प्रत्यक हर हिसाव सार्वजनिक गरिने प्रदेश सभा सदस्य नमुनाले जानकारी दिईन ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     10:18:30 AM  |