‘लकडाउन’ तेस्रोदिन पनि जारी आ–आफ्नो घरमै बसेर सहयोग गर्न अपिल

  
  प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६       | 221 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन पनि नेपालगञ्ज सुनसान छ ।

‘लकडाउन’को भाइरसको संक्रमण फैलिन नदिनको लागि अपनाईएको बिधि हो । सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गरिएको छ ।

नेपालगञ्जका सडकभरी सुरक्षाकर्मी तैनाथ गरिएका छन् । अत्यावश्यक काम बाहेक अन्य काममा घरबाहिर ननिस्कनको लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     9:30:02 AM  |