कोरोना संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा

  
  प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६       | 125 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलवारनै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवार मात्रै सार्वजनिक गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     3:56:32 PM  |