फ्रान्सबाट आएको जहाजमा रहेका बाँकेका चारजनाको खोजी हुँदै

  
  प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६       | 2420 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसकाे संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा सगै अाएका बाँकेका चार जना रहेको खुले लगत्तै उनिहरूको खाजि तिब्र पारियकाे छ ।

गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । साेही जहाजमा बाँकेका चार जना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्ने निर्देशनसहितकाे पत्र बाँकेमा आइपुगेको बताइएको छ ।

चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको पत्रमा ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     9:47:26 AM  |