लक डाउनकै बीचमा ९२ नेपाली जमुनाबाट नेपाल प्रवेश

११ चैत्र २०७६, मंगलवार १९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोरोना भाईरसको संक्रमणका कारण मुलुक लक डाउन भए पनि बाँकेमा भारतबाट नेपालतर्फ आउने नेपालीहरुको क्रम रोकिएको छैन ।

नेपाल सरकारले नेपालभर लक डाउन लागु गरे पनि भारतका विभिन्न सहरहरुबाट नेपालतर्फ आउने नेपालीहरु अझैं रोकिएका छैनन् । मंगलबार मात्र ९२ नेपालीहरु जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन ।

अध्यन तथा रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपालीहरुलाई भारतीय प्रहरी कै सक्रियतामा सिमा नाकासम्म पुर्याउने गरीएको छ । जसले गर्दा नेपालतर्फ कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएको छ ।


प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सिमा नाकामा रहेको नेपालीहरुको उद्धार गरीने बताए । होम क्वारेन्टाईनमा बस्ने शर्तका साथ उद्धार गरिएका हरेक नागरिकलाई उनिहरुकै गृहजिल्ला पुर्याउने तयारी भईरहेको उनले बताए ।
नाकाबाट उद्धार गरीएकाहरुलाई बसमार्फत सिधै उनिहरुको घर लैजाने र त्यहाँको स्थानिय प्रशासनको रेकदेखमा होम क्वारेन्टाईनमा राख्नका लागि अनुरोध गरीने खड्काले बताए ।

सोमबार मात्र ५ सय बढि नेपालीहरुलाई सिमानाकाबाट उद्धार गरीएको थियो । उद्धार गरिएकाहरु नेपालगन्जस्थित महेन्द्र क्याम्पस परिसरमा रहेको क्वारेन्टाईनबाट भागेका थिए । भारतबाट अशुरक्षित रुपमा आएका नेपालीहरु क्वारेन्टाईनबाट भागेपछि संक्रमणको जोखिम बढेको भन्दै स्थानियहरु आक्रोशित भएका छन ।

यसैबिच भारतबाट आउने नेपालीहरुलाई भोलीबाट नेपाल प्रवेशमा रोक लगाईने भएको छ । केन्द्रिय सरकारले भोली बुधबारबाट कुनैपनि ब्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो ।

Next Post

फ्रान्सबाट आएको जहाजमा रहेका बाँकेका चारजनाको खोजी हुँदै

११ चैत्र २०७६, मंगलवार १९:२१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना भाइरसकाे संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा सगै अाएका बाँकेका चार जना रहेको खुले लगत्तै उनिहरूको खाजि तिब्र पारियकाे छ । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । साेही जहाजमा […]