जहाज नउडेपछि सुत्केरी र बृद्धबृद्धा अलपत्र

  
  प्रकाशित मितिः मङ्लबार, चैत्र ११, २०७६       | 164 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेबाट घर हिँडेका डोल्पाबासी नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । सरकारले मंगलवारदेखि देशभर ‘लकडाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन् ।
डोल्पाका लागि मंगलवार उडान तालिका रहेको जहाज नउडेपछि टिकट लिएका करीब ५० जना नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । टिकट लिएर पनि जहाज नउडेपछि नेपालगञ्जका होटेलमै बस्नुपरेको काइके गाउँपालिकाका वडाध्यक्ष राजु रोकायले बताए ।
अझै एक साता बस्नुपरे आफूहरू खर्च सकिएर अलपत्र पर्ने उनीहरुले गुनासो गरेका छन् । अलपत्र पर्ने अघिकांश उपल्लो डोल्पाका नागरिक छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ११, २०७६     2:54:44 PM  |