उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट फरार

१० चैत्र २०७६, सोमबार १५:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जमुनाहा नाकाबाट उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट फरार भएका छन् । सीमा नाका बन्द भएपछि आइतवर राती सीमावर्ती भारतीय बजार रुपईडिहा आइपुगेका ५ सय बढि नेपाली नागरिकलाई उपमहानगरपालिकाले सोमवार बिहान उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।
उपमहानगरका स्वाथ्यकर्मीको रेकर्डअनुसार ५ सय ५३ जना र पछि थप केही जनालाई क्वारेन्टाइनमा राखिएको थियो । ती मध्ये अधिकांश युवाहरु भागेको प्रत्यक्षदर्शीले बताएका छन् । पहाड जानुपर्ने भएको र दुःख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएका सबै जना फरार भएका हुन् ।
भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनिहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो । गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पुर्याउने निर्णय भएसँगै उनिहरुको ज्वरो परीक्षण गरी नगर बसद्वारा महेन्द्र क्याम्पस परिसरमा लगिएको थियो ।
उनीहरुलाई पठाउने तयारी गरिरहेकै क्रममा क्याम्पसको पर्खाल कुदेर भागेका छन् । प्रत्यक्षदर्शीका अनुसार क्याम्पस हाताभित्र प्रहरी भएपनि प्रहरीले रोक्न सकेन ।

Next Post

सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

१० चैत्र २०७६, सोमबार १५:३२
सदरलाइनडटकम, दाङ : दाङको देउखुरीमा बसको ठक्करवाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट दाङ तुलसीपुर आउँदै गरेको ना ६ ख ३९६७ नम्बरको बसले विपरीत दिशा तिर गइरहेको रा १ ब ११८ नम्बरको मोटरसाइललाई सोमवार बिहान गढवा गाउँपालिका वडा वडा नं. १ […]