कोरोनाको कहर : अत्याबश्यक सेवा बाहेकका अन्य बन्द गरिदै

८ चैत्र २०७६, शनिबार १९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वव्यापी फैलिएको नोबोल कोरोना भाइरसको सक्रमणबाट जोगिनको लागि आइतबारदेखि अत्यावश्यक सेवाका बाहेक नेपालगञ्ज बजार बन्द गर्दै नेपाल–भारत सीमाको जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि पहल गरिने भएको छ ।

शनिबार बाँकेका प्रजिअ कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको कोरोना भाइरस विरुद्धको जिल्ला स्तरीय टास्कफोर्सको बैठकले जोखिम न्यून गर्नको लागि यस्तो निर्णय गरेको हो ।

बैठकमा नेपालगञ्ज बजार बन्द गर्ने, ठाउँ ठाउँमा स्थानीय तहका वडा स्तरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने, आइशुलेसन वार्डका लागि प्रदेश सरकारले निर्णय गरेको खजुरा क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताललाई तत्काल व्यवस्थापन गर्ने, संघीय सरकारको निर्णयलाई कडाइका साथ लागू गराउने जस्ता निर्णय भएको नेपालगञ्ज उपमहानगरकी उपमेयर उमाथापा मगरले जानकारी दिईन ।

सो अवसरमा भेरी अस्पतालका मेडिकल सुपरीटेण्ड डा प्रकाशबहादुर थापाले संक्रमित आएको खण्डमा अस्पतालको तयारीको बारेमा जानकारी गराउनुको साथै मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डेले उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकिट अत्यावश्यक भएको भन्दै सुरक्षा किटको उपलब्धता गराउन आग्रह गरे ।


यसैगरी सो बैठकले नेपाल भारतको जमुनाह नाका पुर्णरुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय गर्नुको साथै संक्रमित बिरामी तथा स्वास्थ्यकर्मी समेतलाई बस्नका लागि लायन्स डेन्टल अस्पतालमा ४० बेड सहितको आइशुलेसन वार्ड व्यवस्थापनका लागि शनिबारैदेखि काम शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनले अत्यावश्यक सामानहरु जस्तै ः खाद्यान्न, औषधि, तरकारी, पेट्रोल पम्प लगायत बाहेकका सम्पुर्ण पसल, उद्योग, कलकारखानाहरु बन्द गर्ने र भाटभटेनी सुपरमार्केटबाट पनि खाद्यान्न बाहेकका सम्पुर्ण सेवा बन्द आग्रह गर्ने बताय ।
विभिन्न हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले आफुहरुको सुरक्षाको माग गर्दै कार्यक्षेत्रमा सक्रमणबाट जोगाउन सुरक्षित किटको उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

बैठकमा प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको विषेश उपस्थिति रहेको थियो । सो बैठक अघि उपमहानगरका स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको बारेमा अनुशिक्षण दिईएको थियो ।

Next Post

कोहलपुरको पिपिरीमा आगलागी

८ चैत्र २०७६, शनिबार १९:१९
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिका वडानं. ८ पिपिरीमा आगलागी भएको छ । स्थानीय मानबहादुर पाण्डेको दुई तले घरमा आगोलागी हुँदा पशुपति लम्सालको फेन्सी पसलमा समेत नोक्सानी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार शनिबार साँझ करिव सवा ७ बजे […]