कोरोनाबिरुद्ध सचेत हुन प्रेस संगठन बाँकेको अपिल

७ चैत्र २०७६, शुक्रबार १८:५३
 

सदरलाइनडटकम,

 

नेपालगञ्ज :  प्रेस संगठन बाँकेको प्रथम पुर्णकालीन बैठक शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।


सो बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजग भइ काम गर्न सम्पूर्ण संचारकर्मीमा अपील गरेको छ ।

बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित समेत गरेको जनाईएको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा संगठनका आगामी रणनीति र सचिवालय गठनका सम्बन्धमा समेत छलफल भएको संगठनका सह–संयोजक हेमन्त विकले जानकारी दिए ।

Next Post

नेउबा संघद्वारा ‘बिपद्कालिन राहात कोष’ निर्माण

७ चैत्र २०७६, शुक्रबार १८:५३
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘बिपद्कालिन राहात कोष’ निर्माण गर्दै सो कोषमा दुईलाख बढी जम्मा गरेको छ । विश्वमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणकाबिरुद्ध जुध्नका लागि भइ रहेका तयारीमा कुनै पनि कमी आउन नदिन शुक्रवार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको संघले सो राहात कोषमा २ लाख १५ हजार […]

सम्बन्धित