अष्ट्रेलियामा ३८ सय जना चढेको जहाजमा कोरोना

७ चैत्र २०७६, शुक्रबार १६:२६
 

सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएको छ । भाइरस देखिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ ।
न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ३८ सय जना चढेको खबरमा उल्लेख छ । एक जना चालक दलका सदस्य र दुई जना यात्रुमा कोरोनाको संक्रमण पाइएको हो ।

Next Post

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

७ चैत्र २०७६, शुक्रबार १६:२६
सदरलाइनडटकम, कैलाली : मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका दुवै जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २५ बर्षीय कृष्ण कुँवर […]