देशभरका अदालत दुई साता बन्द

७ चैत्र २०७६, शुक्रबार १४:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द गरिने भएको छ । शुक्रवार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले आइतवारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल बार एशोसिएशनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न अनुरोध गरेको थियो । अदालतहरू बन्द भएपनि बन्दी प्रत्यक्षिकरणका रिटहरुमाथिको सुनुवाइका कामकारबाही भने नरोकिने सर्वाेच्चले जनाएको छ ।

Next Post

अष्ट्रेलियामा ३८ सय जना चढेको जहाजमा कोरोना

७ चैत्र २०७६, शुक्रबार १४:५४
सदरलाइनडटकम, काठमाण्डौ : अष्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएको छ । भाइरस देखिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ । न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको बीबीसीले […]

सम्बन्धित