नेपाली सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति दिदै ड्रिमल्याण्ड

५ चैत्र २०७६, बुधबार १९:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाली सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति राँझामा रहेको ड्रिमल्याण्ड स्कुलले दिने सहमति भएको छ । बाहलवाला र अवकास प्राप्त नेपाली सेनाका छोराछोरी निःशुल्क छात्रवृत्ति अन्तर्गत बाँकेको राझाँस्थित ड्रिमल्याण्ड स्कुलमा पढ्न पाउने स्कुलका प्रध्यानाध्यापक बामदेव न्यौपानेले बताए ।

ती बालबाललिकाका लागि श्रीभैरवप्रसाद गण राझाँ र ड्रिमल्याण्ड स्कुलको सहकार्यमा छात्रवृत्ति व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए । बुधबार स्कुलको प्रांगणमा विशेष कार्यक्रमको आयोजना गरी नेपाली सेना र ड्रिमल्याण्ड स्कुलबीच शैक्षिक सहयोग एवम् सहकार्य गर्न सम्झौतापत्र आदानप्रदान गरिएको छ ।

श्रीभैरवप्रसाद गणका तर्फबाट सह सेनानी चेतन पौडेल र ड्रिमल्याण्ड स्कुलका तर्फबाट प्रध्यानाध्यापक न्योपानेबीच सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रध्यानाध्यापक न्यौपानेले नेपाली सेनाका सन्ततिले राम्रो शिक्षा पाउन भन्ने उद्देश्यले सेनाको सहयोगमा छात्रवृत्तिको व्यवस्था गरिएको बताए । उनले भने, ‘नेपाली सेनाका छोराछोरीका लागि राम्रो शिक्षा प्रदान गर्नका लागि केही सेनाले सहयोग गर्ने र केही स्कुलको सहयोगबाट छात्रवृत्ति प्रदान गर्छांै ।’


न्योपानेका अनुसार २०७७ सालदेखि यो छात्रवृत्ति लागू हुनेछ । यो छात्रवृत्ति ६ कक्षादेखि १० कक्षासम्म पड्ने विद्यार्थीका लागि प्रदान गरिने छ । जसअनुसार नयाँ शैक्षिक सत्रमा ३५ जनाका लागि छात्रवृत्ति कोटा छुट्याइएको न्योपानेले बताए । छात्रवृत्तिका लागि स्कुललेनै विद्यार्थी छनौट गर्ने न्योपालेले जानकारी दिए ।

सैनिकका छोराछोरीलाई राम्रो शिक्षादीक्षा प्रदान गराउनुनै यस कार्यक्रमको उद्देश्य रहेको सह सेनानी चेतन पौडेलले बताए । उनले नेपाली सेनाले सेनाका छोराछोरीका लागि सञ्चालन गरेको शैक्षिक कार्यक्रमअन्तर्गत ड्रिमल्याण्ड स्कुलसँग सहकार्य गरेर छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

उनका अनुसार नेपाली सेनाले सेनाका छोराछोरीका लागि कही स्कुल बनाएको छ भने स्कुल बनाउन नसकिने स्थानमा यसरी नै सहकार्य गरेर छात्रवृत्ति प्रदान गर्ने गरेको छ । हाल बाँके जिल्लाका सातवटा विद्यालयमा सेनाको सहकार्यमा सेनाका सन्ततिका लागि छात्रवृत्तिको व्यवस्था गरिएको पौडेलले बताए ।

Next Post

अन्तत : एसईई स्थगित

५ चैत्र २०७६, बुधबार १९:०४
सदरलाइनडटकम, काठमाण्डौ  : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्नसक्ने भन्दै उच्च सर्तकता अपनाउनको लागि सरकारको सो निर्णय आएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा […]