कोरोनाको संकटमा सम्बन्ध विच्छेद बढ्यो, यस्तो रैछ कारण

३ चैत्र २०७६, सोमबार १४:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क  :  कोरोना भाइरसको संकट बढिरहँदा सम्बन्ध बिच्छेदका घटना बढेका छन् । डेली मेलको रिपोर्टअनुसार चीनको विवाह दर्ता गर्ने स्थानीय निकायले सम्बन्ध बिच्छेदका घटना बढेको जनाएको छ ।

उनीहरुले कोरोना भाइरसको संक्रमणका कारण घरभित्रै अधिक समय बिताउनुपरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीनले देशका केही इलाकामा ‘लक डाउन’ को घोषणा गरेको थियो ।

आपतकालीन अवस्थाका कारण लाखौं मानिसहरुले बन्द घरमा बिताउनु परेको थियो । आपतकालको अवस्थामा अत्यावश्यक काम परेमा मात्रै बाहिर जाने अनुमति दिइएको थियो ।

चीनको सिचुआन प्रान्तको एक स्थानीय पञ्जिकाधिकारी लु शिजुनले २४ फेब्रुअरीपछि मात्रै ३ सय जोडीले सम्बन्ध बिच्छेदका लागि निवेदन दिएको बताएका छन् ।


स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा शिजुनले यसअघिको तुलनामा रोग फैलिएको समयमा सम्बन्ध बिच्छेदका घटना बढेको बताएका छन् ।

उनले भने, ‘युवाहरुले धेरै समयसम्म बन्द घरभित्र बिताएका छन् । सामान्य कुराका कारण उनीहरुबीच तनाव उत्पन्न हुने गर्छ र त्यस्ता झगडाहरू बढ्दै जाँदा सम्बन्ध बिच्छेदका घटना समेत बढेका छन् ।

शांसी प्रान्तको पञ्जिकाधिकारीको कार्यालयमा पनि सम्बन्ध विच्छेदको स्वीकृति लिनेको संख्या बढेको छ । एक महिना घरभित्रै रहनु पनि सम्बन्ध बिच्छेदकाम घटना बढ्नुको एउटा कारकका रुपमा देखिएको छ ।

ग्लोबल टाइम्सले एक अधिकारीलाई उदृत गर्दै एक कार्यालयमा एकैदिनमा सम्बन्ध विच्छेदका १४ वटा घटना आएको उल्लेख गरेको छ । फुझोउमा अधिकारीहरुले सम्बन्ध बिच्छेदको आवेदन दिनेको संख्या बढेपछि सीमा उल्लेख गर्दै एक दिनमा १० वटा मात्र निवेदन स्वीकार गर्ने सूचना नै जारी गरेको छ । एजेन्सीको सहयोगमा  ।  स्केच  : शिलापत्रबाट

Next Post

बसले किच्दा दाङमा महिलाको मृत्यु

३ चैत्र २०७६, सोमबार १४:४१
सदरलाइनडटकम, दाङ : बसले किच्दा दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ ख ५४६३ नम्बरको यात्रुबहाक बसले किच्दा तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वलीको मत्यु भएको हो । बसबाट झर्ने क्रममा आफू चढेकै बसले किचेर घाइते […]

सम्बन्धित