विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित

२ चैत्र २०७६, आईतवार १६:०२
 


सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ ।
सो खेल मार्च १५ मा लखनऊ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो । बीसीसीआईले अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगित गरेको छ । रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ । (एजेन्सी)

Next Post

कानूनमा महिलाका अधिकारबारे अन्तरक्रिया

२ चैत्र २०७६, आईतवार १६:०२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आइतवार महिला हक अधिकार सम्बन्धमा वर्तमान कानूनमा भएका व्यवस्थाबारे अन्तरक्रियात्मक अभिमुखीकरण तथा श्रमिक महिला सम्मान गरिएको छ । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षतिले संविधानले महिलाका अधिकार सुनिश्चित गरेको बताउँदै खजुरा गाउँपालिकाले त्यसैमा टेकेर […]

सम्बन्धित