ब्यूरोको सक्रियतामा १८ किलो चरेश सहित ३ पक्राउ

२ चैत्र २०७६, आईतवार १०:३४
 

सदरलाइनडटकम,
कपिलबस्तु  : पाँच नंम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले कपिलबस्तुको चनौटाबाट प्रतिबन्धित लागू औषध १८ किलो चरेश तीनजनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान ब्यरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्री नेतृत्वको टोलीले रोल्पा सुनछाहरी–२ का ४१ व्र्षिय गोपी बुढा, दाङ्ग राप्ती गाउपालिका–१ घरभई हाल कपिलवस्तु शिवराज गरपालिका–५ का ४१ व्र्षिय जितमान मिया, ३१ वर्षिय रामतुला मियाको साथबाट सो चरेश र रा ४ प १११५ मोटरसाइकल समेत बरामद भएको हो ।


उनीहरुलाई बरामदी मुचुल्का गरी आवश्यक अनुसंन्धान र कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चनौटाको जिम्मा लगाईएको प्रहरी निकट स्रोतले जनाएको छ ।

Next Post

सार्क राष्ट्रबीचको भिडियो वार्तामा प्रधानमन्त्री ओली सहभागी हुने

२ चैत्र २०७६, आईतवार १०:३४
सदरलाइनडटकम, काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला […]