जमुनाहास्थित प्रहरी चौकीको भवन भत्काइयो

१ चैत्र २०७६, शनिबार १७:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमानाकास्थित जमुनाहामा रहेको नेपाल प्रहरीको भवन भत्काइएको छ । दशगजामै रहेको इलाका प्रहरी कार्यालय जमुनाहाको पुरानो भवन शनिवार भत्काइएको हो ।
सरोकारवालाहरुसँग छलफलपछि पुरानो भवन भत्काएर नयाँ भवन बनाउने सहमती भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर ओलीले जानकारी दिए । नयाँ भवन निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई अनुरोध गरेको ओलीले बताए ।
नयाँ बन्ने प्रहरी पोष्टअन्तर्गत मिटिङ हल, ड्युटी रुम, बेडरुम, चार्जिङ रुम, सेन्ट्री पोष्ट, आन्तरिक शौचालय तथा पर्यटक कक्षअन्तर्गत पर्यटकीय प्रहरी, पर्यटन सुचना केन्द्रसहितको भवन निर्माण गर्ने योजना रहेको प्रहरी उपरीक्षक ओलीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले प्रहरीले देश र जनताको सुरक्षा प्रदान गर्ने निकाय भएको हुँदा जमुनाह प्रहरी चौकी निर्माण गर्नका लागि उपमहानगरपालिका सकारात्मक भएको भन्दै भवन निर्माणका लागि सहयोग गर्ने बताए ।
भवन निर्माणमा के कति लागत लाग्छ त्यो भने ईस्टिमेट पछि नै थाहा हुने जमुनाह प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । लागत इस्टिमेटका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएको उनले बताए ।

Next Post

बालविवाह बिरुद्धको अभियन्ता किशोरीका लागि दुईदिने सञ्चार सीप तालिम

१ चैत्र २०७६, शनिबार १७:१९
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा बालविवाह बिरुद्धको अभियानमा लागेका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम सम्पन्न भएको छ । प्लान ईनटरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ञ्को सहयोग स्याक नेपालको आयोजना तथा सचेतन किशोरी क्लवको समन्वयमा सुरु भएको सो तालिम कोहलपुर नगरपालिका विभिन्न वडामा गठन भएका किशोरी क्लवहरुबाट २७ जना […]