कोरोना त्रास : इरानमा ज्यान गुमाउनेको संख्या पाँच सय नाघ्यो

१ चैत्र २०७६, शनिबार १६:३३
 

सदरलाइनडटकम,
काठमाण्डौ : इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । बिहीवारसम्म ४२९ रहेकोमा बढेर सो संख्या नाघेको हो ।
त्यस्तै संक्रमितको संख्या ११ हजार ३ सय ६४ पुगेको छ जसमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएको इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अकबर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएको छ ।
इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । इजरायलमा १४३ जनामा संक्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरबका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ ।
कुवेतमा कुल १०० जना बिरामी भएका छन् । लेवनानमा थप ६ सहित कुल ७७ जना बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सक्रमित भएपनि संख्या भने थोरै छ । (एजेन्सी)

Next Post

सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गरिने

१ चैत्र २०७६, शनिबार १६:३३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि शुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा […]

सम्बन्धित