‘सौन्दर्य प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा देशको प्रतिनिधित्व हुन्छ’

  
  प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३०, २०७६       | 212 Views   ||

मिस नेपाल सौन्दर्य प्रतियोगिता सन २०१९ को सबटाईटल ‘मिस सुप्रानेश्नल’को उपाधि रोज लामाले  जितेकी थिईन् । उनी मिस नेपाल सौन्दर्य प्रतियोगिताको २५ औ संस्करणकी ‘मिस सुप्रानेश्नल’ हुन् । यतिबेला मिस नेपाल सौन्दर्य प्रतियोगिताको २६ औ संस्करण सुरु हुनलागेको छ । यसै सिलशिलामा नेपालगञ्ज आईपुगेकी २१ वर्षकी रोज लामासंग गरिएको अंतरंग कुराकानिको संपादित अशं ।

सुन्दरतालाई कसरी बुझ्नुभएको छ ?

सु्न्दरताका परिभाषा विविध छन् । तर, म सुन्दरता एउटा सोच हो भन्छु । त्यहि सोचले मान्छेको व्यक्तित्व निर्धारण हुन्छ, र उ कति सुन्दर छ, भन्ने कुरा प्रष्ट हुन्छ ।

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आउने सोच कसरी आयो ?

म मिस नेपालमा भाग लिनु भन्दा अघि क्यालिफोर्नियामा बस्थेँ । त्यतिखेर मेरो कपाल पनि छोटो थियो । मेरा आफन्तले मलाई तेस्रो लिङ्गि भन्न थाले । त्यसपछि मैले आफुलाई प्रमाणित गर्नको लागि ‘मिस नेपाल क्यालिफोर्निया’मा सहभागी भए । मिस नेपाल क्यालिफोर्नियाको उपाधि जितिसकेपछि म नेपालमा आए र मिस नेपालमा सहभागी भए ।

यस्तो प्रतियोगिताले पश्चिम क्षेत्रका नारीको व्यक्तित्व विकासमा कस्तो भुमिका खेल्न सक्छ ?

सौन्दर्य प्रस्तुतिका माध्यमबाट नारीको व्यक्तित्व विकास त छँदैछ । यसका साथसाथै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व समेत गर्छ । यसकारण सौन्दर्य प्रस्तुतिका माध्यमबाट व्यक्ति, समाज, र राष्ट्र संगसगै अन्तराष्ट्रियस्तरमा नेपाललाई चिनाउन र नेपालको सम्बन्ध विस्तार गर्न सकिन्छ ।

प्रेमको कुनै अनुभव छ ?

मैले प्रेमको अनुभव गरेकी छैन । म एक्लै छु । खुसी छु । एक्लै हुँदा धेरै कुरा सिकिने रै छ ।

प्रेम प्रस्ताव राख्ने कति छन् ?

हुनुुहुन्थ्यो, तर मैले प्रेममा चासो राखीन ।

जीवन साथी कस्तो चाहानुहुन्छ ?

मैले तेस्तो मान्छे जीवन साथीका रुपमा चाहान्छु जसले मलाई बुझोस । जसले सकरात्मक परिबर्तनलाई अंगिकार गर्न सकोस ।

सपना के छ ?

मैले एक पटक मेरो सपना स्कुलमा पढ्दा सुनाएकी थिए । मेरो सपना सुनाउदा सबै हाँस्नु भएको थियो । म यस्तो चिज गर्न चाहान्छु वा यस्तो बन्न चाहान्छु, जसकाकारण विश्व परिवर्तन होस ।

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३०, २०७६     8:52:29 AM  |
error: Content is protected !!