मुद्दा चलाउने सहमतीसँगै कोहलपुरको आन्दोलन स्थगित

२८ फाल्गुन २०७६, बुधबार १५:४८
 

सदरलाइनडटकम,
कोहलपुर : बाँकेको कोहलपुरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चर्किएको आन्दोलन स्थगित भएको छ । कोहलपुर नगरपालिका ८ पिपिरीमा बुधवार टिप्परले ठक्कर दिँदा ४५ वर्षीया साईकलयात्री रामपती थारुको मृत्यु भएको थियो ।
रा १ ख २१८८ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाईते भएकी थारुको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको थियो । दुर्घटनालगत्तै क्षतिपूर्तीको मागसहित स्थानीय र मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए ।
पिपिरी चोकदेखि कोहलपुर हाईस्कुलसम्म बिभिन्न स्थानमा टायर बारेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ३ घण्टासम्म कोहलपुर–नेपालगञ्ज सडकखण्ड अवरुद्ध गरेका थिए । आन्दोलनको रुप उग्र हुँदै गएपछि ठुलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आन्दोलनकारीले टिप्पर चालकलाई मुद्दा चलाउनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै सडक अवरुद्ध पारेका थिए । घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका टिप्पर चालकलाई कानुनअनुसार मुद्दा चलाउने सहमती भएपछि आन्दोलन स्थगित भएको हो ।

Next Post

मैत्रीपूर्ण फुटबलमा आयोजक विजयी

२८ फाल्गुन २०७६, बुधबार १५:४८
सदरलाइनडटकम, कोहलपुर : होलीका अवसरमा बाँकेको कोहलपुरमा सम्पन्न मैत्रिपूर्ण फुटबल प्रतियोगितामा आयोजक कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च विजयी भएको छ । विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा पत्रकार र विद्यार्थीबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरिएको हो । खेलको पहिलो मिनेटमै सम्पर्क मञ्चका खेलाडीले एक गोल गर्दा टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा […]