यसरी मनाईयो नेपालगञ्जमा होली (भिडियो र फोटो कथासहित)

२७ फाल्गुन २०७६, मंगलवार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिश्वव्यापी फैलिएको नोबेल कोरोना भाईरसको त्रासको बीचमा नेपालगञ्जमा रंग र उमंग र सद्भावको पर्वको रुपमा रहेको होली विगतका तुलनामा थोरैले मात्र मनाएका छन् ।

विगतका वर्षहरुमा बाँकेमा विभिन्न गतिविधका साथ संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाउने चलन रहेपनि यसवर्ष भने त्यसो हुन पाएन ।

बिगतका वर्षहरुमा होलिको अवसर पारेर विभिन्न संघसंस्थाहरुले होलिमिलन कार्यक्रम आयोजना गर्ने चलन रहेको भएपनि यो वर्ष भने कोरोना भाईरसको सक्रमण फैलने त्रासका कारण सबै कार्यक्रम स्थगित गर्दै क्षणिक मात्र रंग खेलेर होली मनाईएको हो ।

हिन्दू समुदायमा खुसी र उमंगको पर्वको रुपमा मनाईने होलीपर्व एकआपसमा रंग अविर दलेर मनाउने चलन रहेको छ ।


हातमा रंग बोकेर आपसमा रंग दल्दै हिडेका युवा युवतीहरु नेपालगन्जको सुर्खेतरोड, न्युरोडमा रंग दल्दै शुभकामना साटासाट गरेका थिए ।

फोटो : रुद्र सुवेदी / सदरलाइन

Next Post

खजुरारोडको चप्पल फ्याक्ट्रीमा भिषण आगलागी

२७ फाल्गुन २०७६, मंगलवार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज खजुरा सडकखण्डको जानकी गाउपालिका–३ इन्द्रपुरगेट नजिकै रहेको जयसियाराम मेनिफेक्चरिङ ईण्डट्रिज प्रालिले सञ्चालन गरेको चप्पल कारखानामा आज बिहान भिषण आगलागि भएको छ । सो आगलागीमा परेर सोही उद्योगमा कार्यरत २५ वर्षिय दिलिप चमार घाइते भएका छन । घाइते चमारको टाउको र कम्मरमुनी जलेको छ । उनको भेरी […]