कोरोनाका कारण फ्रेन्च लिग स्थगित

२४ फाल्गुन २०७६, शनिबार १४:०७
 

सदरलाइनडटकम,
काठमाण्डौ : विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् । शनिवार रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो ।
फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो । स्थगित भएको खेल फेरि कहिले हुनेछ भन्ने खुलाइएको छैन ।
फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको बीबीसीले जनाएको छ ।

Next Post

नेपालगञ्ज हेल्थ क्याम्पसको वार्षिकोत्सबसंगै स्वागत र विदाई

२४ फाल्गुन २०७६, शनिबार १४:०७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज हेल्थ क्याम्पसले आफ्नो १२ औं बार्षिकोत्सबसंगै स्वागत र विदाई कार्यक्रमको आयोजना गरी मनाएको छ । क्याम्पसमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिनुका साथै अध्ययन सकेर आफ्नो क्यारियर निर्माण गर्न जान थालेका विद्यार्थीहरुलाई विदाई गरिएको हो । सो क्याम्पसका विद्यार्थी रमेश केसीको सभापतित्व एवम् प्रदेश ५ का […]