ठूलो वर्षाका साथै बाँकेमा असिना पर्यो

२३ फाल्गुन २०७६, शुक्रबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पश्चिमी एवं स्थानीय वायुको प्रभावले आज बाँकेसहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाँकेलगायत आसपासका क्षेत्रमा आज दिउँसो वर्षाका साथै असिनासमेत परेको छ ।
पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

राप्ती शान्ति उद्यानमा बुद्धको मूर्ति राखिँदै

२३ फाल्गुन २०७६, शुक्रबार १४:५२
सदरलाइनडटकम, दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा बुद्धको मूर्ति राखिने भएको छ । पर्यटकको आकर्षण बढाउनकालागि प्रदेश सरकारको ५० लाख र तुलसीपुर उपमहानगरपालिकाको ५० लाख लागतमा बुद्धको मूर्ति निर्माण गर्न लागिएको हो । जस्मा २५ लाखको मात्रै बुद्धको मूर्ति निर्माण गरिने पार्कका अध्यक्ष […]

सम्बन्धित