सेमीफाइनल नखेली भारतीय महिला टिम विश्वकपको फाइनलमा

२२ फाल्गुन २०७६, बिहीबार १४:३०
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय महिला क्रिकेट टिम सेमिफाइनलमा एक बल पनि नखेल्दै आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।
बिहीवार टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्याण्डसँग खेल्नुपर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन । सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन । जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । भारतीय महिला टिम ८ अङ्कको साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो ।
इंग्ल्याण्डको महिला टिम भने ६ अंकको साथ दोस्रो नम्बरमा थियो । मूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो । महिला टी–२० विश्वकपको फाइनल खेल आइतवार हुने तय भएको छ ।
आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी सङ्ख्यामा दर्शक उपस्थित हुने बताएका छन् । फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग खेल्नेछ । (एजेन्सी)

Next Post

चट्याङ लागेर डोटीमा बृद्धाको मृत्यु

२२ फाल्गुन २०७६, बिहीबार १४:३०
सदरलाइनडटकम, डोटी : डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो । बुधवार बेलुकी घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन […]

सम्बन्धित