सदरलाइनडटकम,
बुटवल : हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा काम गरिरहेका गाडीमा बधवारराती १ बजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी गरेको छ । शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।
आगजनी कसले र्गयो भन्ने खुलेको छैन । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ । कामदारहरुलाई राति करीब १ बजे कोठाभित्रै थुनेर अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको प्रहरीले बताएको छ ।
