डुडुवाको गाउँसभामा चार विधेयक प्रस्तुत

२१ फाल्गुन २०७६, बुधबार १८:३२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको छैठौं गाउँसभा बुधवारदेखि शुरु भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा शुरु भएको सभामा चारवटा विधेयकसहित बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव पेश भएको छ । संशोधित बजेट तथा कार्यक्रमको बैठकले पारित गरेको छ ।
फागुन १२ गते बसेको विधायन समितिको बैठक र २० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार गाउँसभामा प्रस्तुत गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६, स्वास्थ्य तथा सरसफाई सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६, स्थानीय पूर्वाधार सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्थानीय सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको छलफल शुरु भएको छ । विधायन समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेको विधेयकमाथि सभाका सदस्य मोहनराम मिश्र, आमोद तिवारी, भण्डारीलाल यादवले धारणा राखेका थिए ।
गाउँपालिका अध्यक्ष चौधरीले प्रस्तुत गरेको संशोधित बजेट, कार्यक्रम र प्रगति प्रतिवेदनमा अहिले विश्वलाईनै त्रसित बनाउने गरि महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपालमा रहेकोले यसबाट आम नागरिकलाई सुरक्षित राख्न पूर्वतयारीअन्तर्गत सचेतनामुलक कार्यक्रम, स्वास्थ्यकर्मी परिचालन, निरोधात्मक सामग्रीहरुको खरिद तथा व्यवस्थापनलगायत बन्दोबस्त गर्ने भएको छ ।


Next Post

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२१ फाल्गुन २०७६, बुधबार १८:३२
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा छाला सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाका नागरिकहरुमा छाला सम्बन्धी देखिएका समस्या पहिचान, समाधान तथा उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा करीब २ सय नागरिकको स्वास्थ्य परीक्षण तथा निःशुल्क […]