प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

२१ फाल्गुन २०७६, बुधबार १६:१६
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण शुरु भएको थियो ।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको ती डाक्टरको भनाई छ । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै संख्यामा शुभेच्छुक उपस्थित भएका थिए ।
विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

Next Post

कोरोनाको त्रास : इरानमा ५४ हजार बढी कैदी रिहा

२१ फाल्गुन २०७६, बुधबार १६:१६
सदरलाइनडटकम, काठमाण्डौ : धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार भन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि भएकाहरुलाई केही दिनका लागि छाडिएको बताएको बीबीसीले जनाएको छ । पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका […]

सम्बन्धित