छुट्टा–छुट्टै दुर्घटनामा चारको मृत्यु

२१ फाल्गुन २०७६, बुधबार १४:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : छुट्टा–छुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परी चारजना घाइते भएका छन् ।
ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुको वीरेन्द्रनगरमा उपचार भइरहेको छ । मृतकमध्ये दुई पुरुष र एकजना महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतहरुको पनि नाम थाहा हुन सकेको छैन ।
यस्तै हिमाली जिल्ला डोल्पामा भे १ च २४६४ नम्बरको जीप दुर्घटना भएको छ । बुधवार त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी बाट सदरमुकाम दुनैजाने क्रममा भित्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ठुलिभेरी नगरपालिका वडा नं. ५ हुँ गाउँ बस्ने २३ बर्षीय चालक पञ्चे बहादुर बुढाको मृत्यु भएको छ । बुढाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
जीप सडकबाट दुईसय मिटर तल खसेर भेरीको किनारमा पुगेको बताईएको छ ।

Next Post

बन्दको नेपालगञ्जमा सामान्य प्रभाव

२१ फाल्गुन २०७६, बुधबार १४:४९
सदरलाइनडटकम, नेपालगञ्ज : थरूहट थारूवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । बन्दको दोस्रो दिन बुधवार बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतको जनजीवन प्रभावित भएको हो । नेपालगञ्जमा भने बन्दको सामान्य प्रभाव परेको छ । सरकारले मोर्चासँग विगतमा गरेका विभिन्न सहमति कार्यान्वयन […]