होली पर्व औपचारिकरुपमा शुरु

२० फाल्गुन २०७६, मंगलवार १४:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : रंगहरुको उत्सव होली अर्थात फागु पर्व आजदेखि औपचारिकरुपमा शुरु भएको छ । काठमाण्डौको बसन्तपुरमा बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व शुरु भएको हो ।
रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आगामी सोमवार र तराईका जिल्लामा मंगलवार मनाईँदै छ ।

Next Post

एसीस क्रिकेटमा मलेसियाविरुद्ध सिंगापुरको शानदार जीत

२० फाल्गुन २०७६, मंगलवार १४:१६
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा मलेसियाविरुद्ध सिंगापुरले शानदार जीत निकालेको छ । थाइल्याण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई १२८ रनले पराजित हराएको हो । सिंगापुरले दिएको २४० रनको लक्ष्य पछ्याएको मलेसिया १११ रनमै अलआउट भयो । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ […]