बन्दले बाँकेसहित तराईको जनजीवन प्रभावित

२० फाल्गुन २०७६, मंगलवार १४:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङसहितका तराईका जिल्लाहरुमा जनजीवन प्रभावित भएको हो ।
बन्दका कारण बाँकेबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन् । बजारहरु सामान्यरुपमा खुलेको र मोटरसाइकल, अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन आज र भोली आमहड्तालको घोषणा गरेको हो ।

Next Post

होली पर्व औपचारिकरुपमा शुरु

२० फाल्गुन २०७६, मंगलवार १४:०९
सदरलाइनडटकम, नेपालगञ्ज : रंगहरुको उत्सव होली अर्थात फागु पर्व आजदेखि औपचारिकरुपमा शुरु भएको छ । काठमाण्डौको बसन्तपुरमा बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व शुरु भएको हो । रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन […]