‘भायोनेट’ तीब्र गतिको ईन्टरनेट र नेटटिभिको सुविधासहित नेपालगञ्ज र कोहलपुरमा

१९ फाल्गुन २०७६, सोमबार २०:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : तीब्र गतिको ईन्टरनेट सेवा सञ्चालनको दाबीसहित सोमबारदेखि भायोनेटले नेपालगञ्ज तथा कोहलपुरमा सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन प्राइभेट लिमिटेडले २० औ स्थापना दिवसको अवसरमा २७ औं शाखाको नेपालगञ्जमा खोलिएको छ ।

नेपालगञ्जमा एक औपचारिक कार्यक्रमका बिच नेकपा बाँकेका संयोजक तथा प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले उद्घाटन गर्दै सेवा सुचारु गरेका हुन । कम्पनीका भायस प्रेसिडेन्ट लुबरत्न श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, शाखा प्रबन्धक भानुभक्त रेग्मीले कम्पनीको सेवा र सुविधाको बारेमा जानकारी गरएका थिए ।

स्थापनाको १८ बर्षपछि काठमाण्डौ भ्याली बाहिर आफ्ना सेवा प्रदान गर्ने उदेश्यले भायनेटले नेपालगञ्ज लगायत देशका अन्य स्थानमा आफ्नो शाखा बिस्तार गर्ने रणनीति लिएर आएको उनले बताए ।

भायनेटका नेपालगञ्ज शाखा प्रमुख रेग्मीले सस्तो, तीब्रगतिमा भायनेट अब्बल भएको बताउदै भायनेटले कोहलपुरमा पनि शाखा खोलिसकेको जानकारी दिए ।
उनले सेवा विस्तार गर्ने क्रममा नेपालगञ्जमा अझै दुई वटा उपशाखा खोल्ने तयारी गरेको बताए । २० वर्षदेखि काठमाडौंमा सञ्चालनमा रहेको भायनेट दुई वर्षयता मात्रै जिल्लामा फैलिएको हो । दुई वर्षमा १६ वटा शाखा खोलिसकेको रेग्मीले जानकारी दिदै भने–‘इन्टरनेटको भीडमा फरक देखिन चाहन्छौं । देशभर सञ्जाल विस्तार गरि रहदा सस्तो, सुलभ, स्पीडका साथ नेटटिभीको सुविधा उपलब्ध गराएका छौं ।’


नेपालगञ्ज र कोहलपुरमा फाइबर ओछ्याउने काम सकिएकाले अब ग्राहकलाई जोड्न मात्रै बाँकी रहेको जानकारी दिदै भने ‘औपचारिक रुपमा शाखाको उद्घाटन हुनु अघि नै सय ग्राहक बनाइसकेको छु, अहिले हाम्रो अफरहरु पनि चलेको छ ।’

भायनेटले तीन महिनाका लागि दुई हजार १ सय ५०, ६ महिनाका लागि चार हजार एक सय र एक वर्षका लागि ७ हजार ४ सय ६५ रुपैया बनाएको छ । उक्त कार्यक्रममा प्रदेश नम्बर पाँचका सांसद कृष्णा केसी (नमुना), बाँकेका प्रहरी प्रमुख उपरीक्षक वीरबहादुर ओली, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), महासचिव चिरञ्जीवी ओली हिसान केन्द्रिय उपाध्यक्ष इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

नेपालगञ्जमा सस्तोमा नेट चलाउन पाइने भएको छ । भायनेट कम्युनिकेसन प्रालिले नेपालगञ्जमा सेवा विस्तार गरेर सस्तोमा नेट सुविधा उपलब्ध गराएको हो । नेपालगञ्ज शाखाको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । यद्यपि, भायनेट कम्युनिकेसन प्रालिले नेपालगञ्जमा काम थालिसकेको थियो ।

Next Post

बन्दले बाँकेसहित तराईको जनजीवन प्रभावित

१९ फाल्गुन २०७६, सोमबार २०:४७
सदरलाइनडटकम, नेपालगञ्ज : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङसहितका तराईका जिल्लाहरुमा जनजीवन प्रभावित भएको हो । बन्दका कारण बाँकेबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत […]

सम्बन्धित