पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक

१९ फाल्गुन २०७६, सोमबार १६:२३
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको हो ।
अध्यागमन विभागले हङकङसहित चीन, जापान, दक्षिण कोरिया, इटाली र इरानका नागरिकलाई एक महिनासम्म अनअराइभल भिसा नदिने निर्णय लिएको हो । यी देशहरुमा कोरोना भाइरस तीव्रगतिमा फैलिएको छ । चीनमा २८ सय भन्दा धेरैको ज्यान गइसकेको छ । इटली, इरान, जापान र कोरियामा पनि कोरोना महामारीकारुपमा फैलिइरहेको छ ।
यी देशका नागरिक नेपाल आउनुपरेमा त्यहाँस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा औचित्य पुष्टि गर्नुपर्ने छ । यसअघि नेपालले इराकसिहतका १३ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरिसकेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण विदेशबाट आउनेका लागि भिसामा कडाइ गर्न गृहलाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयले आइतवारनै भीड धेरै जम्मा हुने सभा, समारोह र महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।

Next Post

कोरोना संक्रमण लुकाएको आरोपमा दक्षिण कोरियाका धार्मिक नेतामाथि छानबिन हुँदै

१९ फाल्गुन २०७६, सोमबार १६:२३
सदरलाइनडटकम, काठमाण्डौ : दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन शुरु गरेको छ । सिञ्चेओन्जी चर्चले सङ्क्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हो । आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा […]