बीटीएसको छात्रावासमा आगलागी

१९ फाल्गुन २०७६, सोमबार १५:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी भएको छ । नेपालगञ्ज १० स्थित शिक्षालयको गल्र्स छात्रावासको स्टोररुममा आइतवार राती आगलागी भएको हो ।
आगलागीबाट ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका इञ्चार्ज हरि वस्नेतले जानकारी दिए । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Next Post

सडक दुर्घटनामा दुईको मृत्यु, एक घाइते

१९ फाल्गुन २०७६, सोमबार १५:४१
सदरलाइनडटकम, सुर्खेत : सडक दुर्घटनामा परी सुर्खेतमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ८ दैलेखी चोकस्थित भे १ त ८१७६ नं. को ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे ३ प ७४२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । […]