सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण भित्रिन नदिन तथा रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ ले वडाभित्रका सबै बस्तीहरुमा घरदैलोमार्फत मास्क र साबुन प्रदान गरेको छ ।
वडाले उपस्वास्थ्य चौकी पुरैनीमार्फत महिला स्वयमसेविका र कर्मचारीहरुको सहयोगमा प्रत्येक घरधुरीमा मास्क र साबुन प्रदान गरेको हो । वडाध्यक्ष बिद्याराम बर्माले स्थानीय महिला स्वयमसेविका तथा कर्मचारीहरुलाई साबुन र मास्क प्रदान गरेका थिए ।
स्वास्थ्य चौकी पुरैनीका प्रमुख सरोज कुमार मिश्राका अनुसार स्वयमसेवकहरु मार्फत वडाको किंगरियनपुर्वा नहरपुर्वा, पुरैनी, खल्वापुरैनी, जोधापुर्वा, पुरैनी बिर्ता, लोनियनपुर्वा, प्रगतीटोल र शाहपुर्वा बस्तीहरुमा वितरण गरिएको छ । यसअघि वडा कार्यालयले जनचेतनाका लागि सबै बस्तीहरुमा ब्यानर, पम्पलेट तथा माइकिङ्ग गरेको थियो ।


