सामाजिक कार्यक्रम गरी बैंक अफ काठमाण्डौले मनायो स्थापना दिवस

१७ फाल्गुन २०७६, शनिबार १८:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आफ्नो २५औं स्थापना दिवसका अवसरमा बैंक अफ काठमाण्डौले नेपालगञ्जमा विभिन्न कार्यक्रम गरेको छ । स्थापना दिवसका अवसरमा बैंकले शनिवार नेपालगञ्जमा रक्तदान तथा फत्तेबाल आँखा अस्पताल फुल्टेक्रालाई पानी फिल्टर (वाटर डिसपेन्सन) मेशिन प्रदान गरेको छ ।
रक्तदान कार्यक्रमलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्ति सापकोटा र काठमाण्डौ बैंक बोर्डका निर्देशक गोबिन्दप्रसाद शर्माले स्वास्थ्य प्राविधिकलाई रगत संकलन बक्स प्रदान गरेर उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर राणाले बित्तीय संस्थाले देशमा धेरै फड्को मारेकोले बित्तीय संस्थाको सहकार्यले नेपालगञ्जको विकासमा सहयोग पुग्ने बताए । उपमहानगरले बिभिन्न संस्थालाई सहयोग गर्दै आएको भन्दै उनले नेपालगञ्जको विकासमा बित्तीय संस्थालाई सहकार्य गरी अगाडी बढ्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक सापकोटाले बैंकले सामुदायिक उत्तरदायित्वमा सक्रिय हुनुपर्ने बताए । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको बैंकका प्रमुख शाखा सञ्चालक बिराट बर्माले जानकारी दिए । उनका अनुसार आँखा अस्पतालको ओपिडी वार्डका बिरामीहरुको सहजताका लागि पानीलाई चिसो र तातो बनाउने मेशिन प्रदान गरिएको छ ।


Next Post

अध्यक्ष कप प्रतियोगितामा जयकिसान प्रथम

१७ फाल्गुन २०७६, शनिबार १८:५५
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रवारदेखि शुरु भएको गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा जयकिसान मावि प्रथम भएको छ । छात्रतर्फको १५ सय मिटर दौडमा बाहेक सबै इभेन्टमा जयकिसान मावि प्रथम भएको हो । प्रतियोगितामा महेन्द्र मावि मटेहिया दोस्रो र आदर्श मावि लक्ष्मणपुर तृतीय भएका छन् […]