दक्षिण कोरियामा एकैदिन कोरोनाका ६ सय बिरामी भेटिए

१७ फाल्गुन २०७६, शनिबार १४:१७
 

सदरलाइनडटकम,
काठमाण्डौ : दक्षिण कोरियामा हिजो एकैदिन ५ सय ९४ जनामा कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको संक्रमण हो ।
कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार दक्षिण कोरियामा २ हजार ९ सय ३१ जना कोरोनाका बिरामी छन् । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण १६ जनाले ज्यान गुमाइसकेका छन् ।
चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो । कोरोनाको संक्रमण तीव्र बनेसँगै दक्षिण कोरियाको देगु लगायतका प्रान्तमा उच्च सतर्कता अपनाइएको छ भने जनजीवन कष्टकर बन्दै गएको बीबीसीले जनाएको छ ।
यस्तै गत २४ घण्टामा इरानमा थप २ सय १० जनाको ज्यान गएको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित २ हजार ९ सय २४ जनाको ज्यान गैसकेको छ भने ८५ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।
३९ हजार ५ सय ३४ जना भने उपचार पछि घर फर्किएका छन् । कोरोना संक्रमणका कारण विश्वव्यापी चिन्ता बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । (एजेन्सी)

Next Post

अफगानिस्तानको तालिवान समूह र अमेरिकाबीच शान्ति सम्झौता हुँदै

१७ फाल्गुन २०७६, शनिबार १४:१७
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाबीच शनिवार शान्ति सम्झौता हुँदैछ । कतारको राजधानी दोहामा हुने कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष लामो युद्ध […]