नेपालगञ्जका महिलालाई आत्मरक्षाको तालिम दिइने

१६ फाल्गुन २०७६, शुक्रबार १६:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरभित्रका महिला तथा किशोरीहरुको आत्मरक्षाका लागि तालिम सञ्चालन हुने भएको छ । किशोरी एवं महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सिपको विकास गरी लैगिंक हिंसा न्यूनिकरण गर्ने उद्देश्यले आत्मसुरक्षा तालिम सञ्चालन गर्न लागिएको महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् ।
उपमहानगरको आयोजनामा हुने तालिममा १० देखि ५० वर्ष उमेर समुहका महिलाहरुको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको छ । तालिममा किशोरी एवं किशोरी समूहका सदस्य, बालक्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिक्ता दिइने उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज रङ्गशालामा फागुन २० देखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ । हरेक दन विहान ६ देखि १० वजेसम्म तालिम दिइने छ ।

Next Post

नरैनापुरमा प्रथम अध्यक्ष कप प्रतियोगिता शुरु

१६ फाल्गुन २०७६, शुक्रबार १६:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रवारदेखि गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गरे । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको सभापतित्व तथा प्रदेश सांसद् कृष्णा केसी नमुनाको […]