जयन्तु बालसुधार केन्द्रमा निशुल्क स्वास्थ्य शिविर

१६ फाल्गुन २०७६, शुक्रबार १०:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेको डुडुवा गाउपालिका–६ मा रहेको जयन्तु बाल सुधार गृहमा रहेका बालकहरुमा चर्मरोगको प्रकोप देखा परेको छ ।

सो बालसुधार केन्द्रमा रहेको १ सय ३५ बालकहरु मध्य १ सय ३२ जनामा चिलाउने, लुतो, दाद जस्तो छालाको रोगको संक्रमण देखा परेको हो ।

उनीहरुलाई लायन्स क्लवआफ नेपालगञ्ज पिएनएलएफको सक्रियाता तथा नेपालगञ्ज मेडिकल केलज शिक्षण अस्पताल नेपालगञ्जको आयोजनामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी औषधि उपचार गरिएको छ ।


कलेजका उप निर्देशक तथा चर्मरोग विषेशज्ञ डा. कुमार पोख्रेललको नेतृत्वमा खटिएको टोलीले सुधार केन्द्रमा पुगेर निशुल्क उपचार गर्नुको साथै उनीहरुलाई आवश्यक औषधि समेत बितरण गरिएको अस्पताल प्रमुख कुमार अधिकारीले जानकारी दिए ।

सो अवसरमा लायन्स क्लवआफ नेपालगञ्ज पिएनएलएफका अध्यक्ष रश्मी कनोडिाया, लायन्स लिडर सञ्जय थापा, नेपालगञ्ज मेडिकल केलज शिक्षण अस्पताल नेपालगञ्जका सहनिर्देशक डा. नितेश कुमार कनोडिया लगायतको सहभागिता रहेको थियो ।

सो निशुल्क स्वास्थ्य शिविरमा आवश्यक पर्ने औषधि र प्राविधिक जनशक्ति नेपालगञ्ज मेडिकल केलज शिक्षण अस्पताल नेपालगञ्जले उपलब्ध गराएको थियो ।

Next Post

जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

१६ फाल्गुन २०७६, शुक्रबार १०:५६
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेतको जामुने बजारतर्फ गइरहेको जीप गुर्भाकोट नगरपालिका–९ झुल्केमा शुक्रवार बिहान तीन बजे दुर्घटना हुँदा सुर्खेत सिम्ता गाउँपालिका–९ का २४ वर्षीय भूपाल खत्रीको मृत्यु भएको छ । उनको मेहलकुना अस्पतालमा उपचारका […]