‘राष्ट्रिय स्वाधीनता र अखण्डता कायम राख्न भुपू सैनिकको महत्वपूर्ण भूमिका छ’

१५ फाल्गुन २०७६, बिहीबार २०:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय स्वाधीनता र अखण्डता कायम राख्न भुपू सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

नेपालगञ्ज स्थित नंम्बर ४ बाहिनीमा आयोजित भुपु सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेना नेपालीहरुको आस्था र भरोसाको केन्द्रबिन्दु भएको कुरामा जोडदिदै राष्ट्रिय एकता नै शक्ति एब सुरक्षाको प्रमुख आधार भएको बताएका हुन ।

राष्ट्रिय सुरक्षा र एकता कायम गर्न नेपाली सेना सधैं अग्रसर रहेको बताउदै प्रधानसेनापति थापाले सम्पूर्ण नेपालीहरूबीच एकता बनाइराख्न नेपाली सेनाबाट अनवरत रुपमा प्रयास गर्दै आएको कुरामा जोड दिए ।

प्रधानसेनापति थापाले राष्ट्रियता एकता र पहिचानका बिषयहरु ओझेलमा पर्दा राष्ट्रिय सुरक्षा, बिकास, सम्बृद्धिमा बाधा पुग्न सक्ने बताउदै त्यसतर्फ सबै नेपाली सचेत हुनुपर्ने आग्रह गरे ।

प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिकको आर्थिक सुधारका लागि नेपाली सेनाले विभिन्न लोक कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए ।


सो सम्मेलनमा भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिकलाई सम्मान र एकल तथा अशक्तलाई सहायक सामग्री हस्तान्तरण गरिएको थियो ।

भुपू सम्मेलनमा बाँके बर्दिया र हुम्ला जिल्लामा प्रचलित झाँकीहरू प्रस्तुत गर्नुका साथै भुपू सैनिक तथा बहालवाला सैनिकहरूले कबाज प्रर्दशन गरेका थिए ।

सेनाबाट अवकास पाएपछि विदेश जाने परम्परालाई रोक्न पनि सेनाले सहुलिय दरमा ऋण दिएर स्वदेश मै विभिन्न व्यवसाय सञ्चालनका लागिसमेत सेनाले प्रोत्साहन गर्दै आएको छ ।

सैनिक कल्याणकारी कोषमा अहिले ५० अर्ब रुपैया छ । यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रममा बलाध्यक्ष गौरव तण्डुकार, सेवा निकृत्त रथीबृन्द नेपाल भुषण चन्द, संनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत पदम विलास कार्की, नेपाल राष्ट्रिय भुपु संनिक संघका उपाध्यक्ष केसर भण्डारीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

आजदेखि नेपालगञ्जमा ‘भाटभटेनी’

१५ फाल्गुन २०७६, बिहीबार २०:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा शुक्रबार (आजदेखि) ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आउने भएको छ । १८ औ शाखाको रुपमा नेपालगञ्जबाट सञ्चालनमा आउन लागेको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रोनिक्स, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामाग्री एउटै थलोमा पाईने गरी सञ्चालनमा ल्याउन लागिएको हो । काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको व्यावसायीक यात्रा देशव्यापी हुने क्रममा १८ […]