दिल्ली हिंसामा मर्नेको संख्या पैंतिस पुग्यो

१५ फाल्गुन २०७६, बिहीबार १३:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्ररुप लिएको छ । बिहीवार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ ।
गत बुधवार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । अब दिल्लीमा हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । दिल्लीको दङ्गाग्रस्त इलाकामा अझै पनि तनाव छ । बुधवार राति पनि हिंसाका घटनाहरु भएका छन् । प्रदर्शनकारीहरुले ज्योतिनगरमा अशोक नगर फ्लाइओभर नजिक मोटरसाइकल जलाएका छन् ।
जाफराबाद, मौजपुर, चान्दबाग, गोकुलपुरी र आसपासको इलाकामा शान्ति देखिए पनि अझै डर र त्रासको वातावरण छ । धेरै पसलहरु बन्द छन् भने ढोका र झ्यालमा हिंसाको निसाना देख्न सकिन्छ । हिंसा रोक्नका लागि सुरक्षाबलले प्रभावित इलाकामा मार्चपास पनि गरेका थिए । उत्तर–पूर्वी इलाकामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनात छन् ।
उक्त इलाकामा सयभन्दा धेरै दमकल तैनाथ गरिएको अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत चार दिनदेखि उत्तर–पूर्वी इलाकामा भइरहेको हिंसामा सयौँ घाइते भएका छन् ।

Next Post

महिला हक्की खेलाडीको विदाई

१५ फाल्गुन २०७६, बिहीबार १३:३१
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पोखरा जान लागेको महिला हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामनासहित विदाई गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले महिला हक्की टोलीलाई बिहीवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामनासहित विदाई गरे । सो अवसरमा मेयर राणा र उपमेयर मगरले आगामी […]