व्यवसायिक सामाजिक उत्तरदायित्व बारे नेपालगञ्जमा नागरिक सम्बाद

१४ फाल्गुन २०७६, बुधबार १९:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गैरसरकारी संस्था महासंघ नेपाल बाँके र गो–गो फाउण्डेसनको आयोजनामा व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) बारे नेपालगन्जमा नागरिक सम्बाद कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा सिएसआर कार्यन्वयनको अवस्था, कानुनी प्रावधान र चुनौतीका विषयमा संबाद गरिएको हो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले व्यवसायिक सामाजिक उत्तरदायित्व लागि छुट्याईएको रकम यस क्षेत्र मै खर्च गर्न आग्रह गरे । जुन क्षेत्रको लागि पैसा छुट्याईएको हो, त्यहि क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी प्रावधान बनाउन लागेको समेत उनले जानकारी दिए ।

नेपालगञ्जमा उठेको व्यावसायिक कुल नाफाको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्न बाध्य हुने परिस्थितीको सिर्जना गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै सुचना तथा मानव–अधिकार केन्द्रका विश्वजित तिवारीले व्यावसायिक सामाजिक जवाफदेहिता अन्तरगतको वजेटलाई विभिन्न माध्यमबाट कनिका छरे जस्तो गर्नु भन्दा पनि एकद्वार प्रणालीबाट खर्च गर्न सके अझवढी पारदर्शिता र जिम्मेवारी वहन हुने कुरा बताए ।


कार्यक्रम व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, सरकारी अधिकारी र नागरिक संस्थाका प्रतिनिधिका विचमा छलफल गरिएको थियो ।

सो कार्यक्रमले नीजि क्षेत्रबाट प्रदान गरिने सामाजिक उत्तरदायित्व सम्वन्धी कोषको नीजि क्षेत्र र नागरिक संस्थाका प्रतिनिधिका वीचमा समान वुझाईको विकास हुने र सहकार्यलाई विस्तार गरी व्यावसायिक सामाजिक जवाफदेहिता प्रवर्दन र लक्षित वर्गउन्मुख बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

कार्यक्रममा व्यावशायिक तथा सामाजिक प्रतिष्ठानहरुको सामाजिक उत्तरदायित्व सम्वन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, तारा रोकाया, नागरिक समाजका प्रतिनिधि, व्यापारी लगायतले बोलेका थिए ।

Next Post

प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण बारे कोहलपुरमा छलफल सुरु

१४ फाल्गुन २०७६, बुधबार १९:५४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रको आर्थिक सम्बृद्धि तथा ब्यापार ब्यवसायको प्रवद्र्धनका लागि स्थानीय सरकारले आप्mनो तर्फबाट सक्दो सहयोग गर्न सधै तयार रहेको बताएका छन् । कोहलपुर नगरपालिकाको आयोजना नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीयत तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तरगत प्रस्पिर्धात्मक लाभको सहभागितामूलक […]