पूर्वाधार विकासमा जोड दिइने : मुख्यमन्त्री पोखरेल

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १४, २०७६       | 102 Views   ||

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारले देखिने गरी काम गरेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने झरही खोला पुलको बुधवार शिलान्यास गर्दै उनले छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेको बताए ।
प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यो पुल पनि पूर्वाधार विकासअन्तर्गत रहेको बताए । उनले यो पुल रामग्रामको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानी र दुई वर्षभित्र बिजुली पुर्याउने प्रतिबद्धता दोहोर्याए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १४, २०७६     4:56:35 PM  |