भारतमा झडप हुँदा सातको मृत्यु

१३ फाल्गुन २०७६, मंगलवार १६:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् ।
नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा ३५ भन्दा बढी घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला गत वर्ष पारित भएको उक्त कानुनको विरोधमा राजधानी नयाँदिल्लीमा प्रदर्शन भएको हो ।
नयाँ कानुनमा मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने व्यवस्था गरिएको छ । बहुसंख्यक हिन्दु समर्थक रहेका शहरमा नयाँ कानुनको विरोध भएको छ ।
उत्तर–पूर्वी दिल्लीको मुसलमान बाहुल्य स्थानमा गत वर्षबाट आन्दोलन शुरु भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् । (एजेन्सी)

Next Post

पाँच नम्बर प्रदेशका किसान लक्षित शुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ

१३ फाल्गुन २०७६, मंगलवार १६:५४
सदरलाइनडटकम, नेपालगन्ज  : पाँच नंम्बर प्रदेश कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेस सरकारले किसानलाई लक्षित गरी शुलभ कर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ गरेको बताएकी छन् । कृृषि ज्ञान केन्द्र बाँकेले नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह, किसान तथा सरोकारवालासंगको समन्वयात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कृषिका […]