प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन १३, २०७६       | 171 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली सुगम संगितका उदयीमान गायक प्रमोद डिजीले ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बोलको गीत बजारमा ल्याएका छन् । डिजीको सो गीतले बिदेशिएका युवाहरुको कथा बोकेको छ ।

घरपरिवारसँग बस्ने रहर हुँदाहुँदै पनि बिदेसियपछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा सो गीतमा प्रस्ट्याउन खोजिएको छ ।  गीतमा कामको शिलशिलामा अहिले कोरियामा रहेका रामप्रसाद आचार्यको शब्द संगीत रहेको छ ।

आवाज प्रमोद डिजीको रहेको छ भने अभिनयमा संचारकर्मी राजेश बिसी, अमर शाही र मोनिका खड्कालाई देख्न सकिन्छ । नेपालकै बिभिन्न स्थानमा छायाकंन गरिएको यस गीतको म्युजिक भिडियो निर्देशन अमर शाही र आरके सागरले गरेका हुन ।

भिडियोको छायाकंन तथा सम्पादन दिनेश वलीले गरेका छन । पछिल्लो समय यस्ता खाले गीतहरुले बिदेशिएका युवाहरुको मनलाई सान्त्वना दिने काम पनि गरिरहेको छ । गीतमा म्युजिक एरेन्ज चर्चित एरेन्जर केशव बडुको रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १३, २०७६     3:24:53 PM  |