स्थापना दिवसमा असाहे जेष्ठ नागरिकलाई दिवाभोज

१० फाल्गुन २०७६, शनिबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेशनल लाईफ ईन्सोरेन्स कम्पनीको ३३ औ वार्षिक उत्सवको अवसरमा नेपालगञ्ज शाखाले विभिन्न सामाजिक कार्य गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।

सो क्रममा नेपालगञ्जमा सञ्चालनमा रहेको निलसागर असाहे तथा जेष्ठ नागरिक केन्द्रमा आश्रित रहेका जेष्ठ नागरिक र असाहे बालबालिकालाई दिवा भोज गराईएको छ ।


सो अवसरमा कम्पनीका शाखा प्रमुख दीपनारायण खनाल, मुख्य ब्यवसाय प्रबन्धक शंकर असान्त, भुपबहादुर भण्डारी, गंगा शर्मा, भावना सापकोटालगायतको सहभागिता रहेको थियो ।

Next Post

सम्पादक र पत्रकारबीच अन्तरक्रिया सम्पन्न

१० फाल्गुन २०७६, शनिबार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज : सम्पादक र पत्रकारबीच नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा बाँके र बर्दियाका विभिन्न सञ्चारगृहका सम्पादक र पत्रकारहरुबीच आइतवार अन्तरक्रिया गरिएको हो । स्थानीय तहको मिडिया नीति तथा कानुन सम्बन्धि बिषयमा भएको अन्तरक्रियामा पत्रकारहरु झलक गैरे, शंकरप्रसाद खनाल, कृष्ण अधिकारी, रुद्र सुवेदी, लक्ष्मण ढुंगानालगायतले अनुभव […]