श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि उड्यो

१० फाल्गुन २०७६, शनिबार १६:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौबाट नेपालगञ्ज उड्ने तयारी गर्दा प्राविधिक समस्या देखिएपछि रोकिएको श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि साविककै गन्तव्यमा उडेको छ । एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या समाधान गरेर १० बजेर ५१ मिनेटमा जहाज नेपालगञ्ज प्रस्थान गरेको जानकारी दिए ।
सो जहाज शनिवार बिहान साढे आठ बजे काठमाण्डौबाट नेपालगञ्ज उड्ने तालिका थियो । यात्रुहरु जहाजमा बसिसकेपछि उड्ने तयारीका लागि पाइलटले इञ्जिन स्टार्ट गरिसकेका थिए । तर एक्कासी ‘सिरियस टेक्निकल प्रोब्लम आयो’ भन्दै एयर होस्टेसले हतार–हतार यात्रुहरुलाई ओरालेका थिए ।
प्राविधिक समस्या के थियो भन्नेबारे भने एयरलाइन्सले खुलाएको छैन । महाप्रवन्धक मानन्धरले हवाई जहाजहरुमा प्राविधिक समस्या आउनु सामान्य भएको बताए । श्री एयरलाइन्सका अधिकारीहरुले, आफूहरुले सुरक्षालाई प्राथमिकता दिने गरेको भन्दै आज यात्रुहरुलाई परेको असुविधाप्रति दुःख व्यक्त गरेका छन् ।

Next Post

नेपालगञ्जमा मल्टि च्याप्टरस्तरीय तालिम शुरु

१० फाल्गुन २०७६, शनिबार १६:३७
सदरलाइनडटकम, नेपालगञ्ज : मल्टि च्याप्टरस्तरीय लोम अफिसरका लागि नेपालगञ्जमा तालिम सञ्चालन गरिएको छ । जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन सदस्यहरुलाई सक्रिय बनाउने उद्देश्यले नेपालगञ्ज जेसीजले तालिम सञ्चालन गरेको हो । नेपालगञ्ज जेसीजका अनुसार जेसीजको मिसन–भिजन, उत्पे्ररणात्मक तालिम र शाखा सञ्चालन प्रविधिबारे जेसीज अभियान्ताहरुसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा कोहलपुुर जेसीज, […]