तिर्थयात्रामा गएका ६ नेपालीको मृत्यु

८ फाल्गुन २०७६, बिहीबार १६:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीवार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा १८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो । घटनामा २ जना महिलासहित ६ जनाको मृत्यु भएको सलेमका पुलिस सुपरिटेन्डण्ट एस दीपा गनिगरले बताएका छन् ।
जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । ३४ जनाको टोलीसहित फेब्रुअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।

Next Post

असाहे र विपन्नका लागि ताराको ‘पूर्णतारा फाउण्डेशन’

८ फाल्गुन २०७६, बिहीबार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज : सामजसेवी तथा नेपालगञ्ज उद्योग बाणिज्य संघकी निर्वतमान उपमहासचिव ताराकुमारी खत्री रोकायले आफ्नो ४३ औ जन्मदिनको अवसरमा पूर्णतारा फाउण्डेशन स्थापना गरेकी छन् । समाज सेवाको लागि सहज होस भनेर श्रीमान पुर्ण र आफ्नो नामलाई जोडेर ‘पुर्णतारा’ फाउडेशनको स्थापना गरि अक्षय कोष स्थापना गरेको उनले बताईन । ‘धेरै पहिलादेखि […]