प्रजातन्त्र दिवसमा नेपालगञ्जमा प्रभातफेरी

७ फाल्गुन २०७६, बुधबार १४:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ७०औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधवार नेपालगञ्जमा प्रभात फेरी गरिएको छ । जिल्ला समन्वय समिती बाँकेको आयोजनामा प्रभातफेरी गरिएको हो । नेपाल प्रहरीको व्याण्ड बाजासहित बिपि चोकबाट शुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तिमगरले जानकारी दिए ।
कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले प्रजातन्त्र कुनै पार्टी र व्यक्ति विशेषको नभई नेपाली जनताका लागि एक सय चार वर्षीय जहाँनिया राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि बलिदानी दिएका शहिदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको सम्झनामा प्रजातन्त्र दिवस मनाइएको बताए ।
प्रभातफेरीमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वली, भैरव दल गण राँझाका गणपती नकुल थापा, शसस्त्र प्रहरी वल बागेश्वरी ३० नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल मन्सुरी तथा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

Next Post

नेपालगञ्जमा गर्ल्स स्कूल भवनको शिलान्यास

७ फाल्गुन २०७६, बुधबार १४:४६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा गर्ल्स स्कुल भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज वडा नम्बर ४ सल्यानीबंगलास्थित आधारभूत माध्यमिक बिद्यालय परिसरमा मेयर डा. धवल शमसेर राणाले बुधवार गर्ल्स स्कुल भवनको शिलान्यास गरेका हुन् । मेयर राणाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सक्न निर्देशन दिए । करीव २ करोड लगानीमा ३ तलाको […]