करमोहनाबासीद्वारा नेपालगञ्जमा प्रदर्शन

५ फाल्गुन २०७६, सोमबार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ३ करमोहनाका स्थानीयले सरकारी निर्णयविरुद्ध सोमवार नेपालगञ्जमा प्रदर्शन गरेका छन् । करमोहना गुठी रैतान जग्गा संघर्ष समितिको अगुवाईमा करमोहना गाउँबाट निस्किएको र्यालीले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गर्दै सरकारी निर्णयबिरुद्ध प्रदर्शन गरेको हो ।
करमोहनाबासीले आफुहरुले भोगचलन गर्दै आएको जग्गा बागेश्वरी मन्दिर गुठीको नभई करमोहना गुठी रैतानी जग्गा भएको दावी गरेका छन् । आफहरुसँग भएको प्रमाणहरुमा कतैपनि बागेश्वरी गुठी उल्लेख नभएको र डेढ सय वर्षदेखिनै करमोहना गुठीमार्फत बागेश्वरी मन्दिर सञ्चालनका लागि तिरो तिर्दै आएको आधारमा व्यक्तिको नामको जग्गा फिर्ता गर्ने सरकारी निर्णयबिरुद्ध आन्दोलित हुनु परेको उनीहरुले बताएका छन् ।
लालपुर्जामा वागेश्वरी गुठीको नाम नभएका जग्गालाई वागेश्वरी गुठीका नाममा दर्ता गराउने सकारको निर्णयले जनतामाथि अन्याय भएको करमोहना गुठीका प्रवक्ता सन्तकुमार बर्माले बताए ।
सरकारद्वारा गठित जाँचबुझ आयोगले अपुरो प्रतिवेदन पेश गरेको पिडितहरुको भनाई छ । वि.स. १९३३ को सरकारी प्रमाणदेखिनै सर्वसाधारणका नाममा रहेको जग्गा एक्कासी बागेश्वरी गुठीको भन्दै जनतालाई आतंकित पार्ने गरी गरिएको आयोगको सिफारिस र मन्त्री परिषदको निर्णय फिर्ता हुनुपर्ने प्रदर्शकारीहरुको माग छ ।

Next Post

मानसरोवर उद्यानको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

५ फाल्गुन २०७६, सोमबार १८:२९
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जंगल हाताभित्र निर्माण हुन लागेको मानसरोवरको प्रतिकात्मक स्थलसहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान)को शिलान्यास गरिएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार मानसरोवार उद्यानको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले […]