नेपालगञ्ज महोत्सवमा चर्चित कलाकार आउने

५ फाल्गुन २०७६, सोमबार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा हुन गइरहेको ‘दोस्रो नेपालगञ्ज महोत्सव २०७६’का लागि कलाकारहरु फाइनल गरिएको छ । एजी सर्भिस प्रालिको आयोजनामा हुने महोत्सवबारे सोमवार नेपालगञ्जमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कलाकारहरुको नाम फाइनल भएको औपचारिक जानकारी दिएको हो ।
आयोजकका अनुसार महोत्सवमा रेखा थापा, कमला घिमिरे, भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी, जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत लगायतका कलाकारहरु आउने छन् ।
महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने आयोजकले जनाएको छ ।
‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार’ भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म सञ्चालन हुने महोत्सवस्थल यतिबेला तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्दु बुढाले जानकारी दिए ।
नेपालगञ्जस्थित वाटरपार्कमा सञ्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात रात्रीकालिन कार्यक्रम पनि सञ्चालन गर्नेछ । रात्रीकालिन कार्यक्रम १० बजेसम्म सञ्चालन हुनेछ ।

Next Post

करमोहनाबासीद्वारा नेपालगञ्जमा प्रदर्शन

५ फाल्गुन २०७६, सोमबार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ३ करमोहनाका स्थानीयले सरकारी निर्णयविरुद्ध सोमवार नेपालगञ्जमा प्रदर्शन गरेका छन् । करमोहना गुठी रैतान जग्गा संघर्ष समितिको अगुवाईमा करमोहना गाउँबाट निस्किएको र्यालीले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गर्दै सरकारी निर्णयबिरुद्ध प्रदर्शन गरेको हो । करमोहनाबासीले आफुहरुले भोगचलन गर्दै आएको जग्गा बागेश्वरी मन्दिर गुठीको […]